
पोखराबाट फर्कियो हायू परिवार
पोखरा, १९ साउन/ साउन ११ गते पोखरा भेटिएका सिन्धुलीको हायु परिवार सोमबार आफनै थातथलो फर्किएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन ८ गतेदेखि बेपत्ता भएको हायू परिवार पोखरामा भेटिएको थियो ।
आज गोलन्जोर गाउँपालिका–६ वडाध्यक्ष रविन श्रेष्ठको साथमा उनीहरू गाउँ फर्किएका हुन् ।
हायु परिवारलाई पोखराका मेयर धनराज आचार्य र पोखरा महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दुर्गा सुवेदीले बिदाइ गरे । उनीहरूलाई गगनगौंडाबाट गाडी चढाएर पठाइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
उनीहरु पोखरा गगनगौंडामा सोमनाथ र चन्द्रको घरमा आश्रय लिएर आएका थिए । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसको व्यवस्था गरेका थिए ।







