आइतबार सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     असार २८ गते २०८२ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २८ असार/ गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

यो बिदा गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा लागु हुनेछ । भानु जयन्तीका अतिरिक्त प्रदेश सरकारले २०८२ सालका लागि अन्य तीनवटा प्रदेशस्तरीय सार्वजनिक विदा पनि तोकेको छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा असोज २० गते सोमबार, प्रदेश स्थापना दिवसको दिन माघ २२ गते बिहीबार र चैते दसैंका लागि चैत १२ गते बिहीबार प्रदेशभर बिदा हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ चैत १५ गते प्रकाशित गरेको सूचनामा, प्रदेश मन्त्रिपरिषद्को चैत १२ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम यी विदाहरू तय गरिएको हो ।



Tags: