
पोखरा २३ बाम्दी र पोखरा २४ लौरुक जोड्ने पुल जोखिममा
पोखरा, २६ असार/ पोखरा महानगरपालिक २३ बाम्दी र पोखरा २४ लौरुकलाई जोड्ने पुल जोखिममा परेको छ । असार २४ गते परेको वर्षाका कारण हर्पन खोला र खहेर खोलामा आएको बाढीले पुलको तटबन्द बगाउदा पुल जोखिममा परेको हो ।
जनस्तरबाट चन्दा उठाए निर्माण गरीको पुल जोखिममा परेपछि स्थानीयले पुलको संरक्षण गर्न वडा कार्यालयलाई अनुरोध गरेका छन् ।
सो पुलबाट वडा कार्यालय २३ मा जान आउन, विद्यार्थीहरु स्कुल जान आउन सहयोगी भएको भन्दै तत्काल संरक्षण गर्न सिद्ध बराह माविका शिक्षक प्रेम पराजुलीले अनुरोध गरेका छन् । उनले सामाजीक सञ्जालमा पुलको फोटो राख्दै सन् २०१६ देखि हालसम्म यसले जनतालाई सेवा दिंदै आइरहेको लेखेका छन् ।
उनले हिजोको बाढीबाट यसको दक्षिण तर्फको भागमा जमिन कटान भई क्षति पुग्ने अवस्था देखिएकाले तत्काल सरक्षण गनुपर्ने बताएका छन् ।
पुलको संरक्षणका काम थालिएको पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले बताए । बिहीबार डोजर लगाएर खोलोलाई फकाउने काम भएको सरक्षणका लागि अन्य उपाएहरु लगाउने उनले बताए ।
सहयोग उठाए करिव ३७ लाख को लागतमा पुल निर्माण भएको थियो । पुलबाट मोटरसाइल र मानिसहरु आवजाउ गर्न सकिने छ । सोही पुल भन्दा केही माथीबाट नयाँ पुलको काम शुरु भएको छ ।







