एसईईको नतिजा सार्वजनिक

-


     क्लिक गण्डकी     
     असार १३ गते २०८२ मा प्रकाशित


एसइई

see

पोखरा, १३ असार/ एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नजिता प्रकाशित गरेको हो ।

बोर्डले २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन् ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन् । त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

प्राविधिक समस्या नआए बेलुकासम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा उत्तीर्ण भएका छन्।
कोशीः ४७ हजार ८३५
मधेशः ५९ हजार ७४९
बागमतीः १ लाख १९ हजार ५१७
गण्डकीः ४७ हजार ८४९
लुम्बिनीः ५७ हजार ६८७
कर्णालीः ४६ हजार ४५५
सुदूरपश्चिमः ५९ हजार ८०४