पोखराबाट नौ डाँडा तर्फ जादैँ इभि गाडी दुर्घटना

-


     क्लिक गण्डकी     
     असार ७ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, ७ असार/ पोखराबाट नौ डाँडा तर्फ जादैँ गरेका इभि गाडी पोखरा २५ हेम्जा फेदी दुर्घटना भएको छ । पोखराबाट नौडाँडा तर्फ जादैँ गरेको ग १ ज ८६९१ नम्बरको इभि गाडी चालकले नियन्त्रण गुमाई सडकको बायाँ साइडमा पल्टिना ६ जना घाइते भएका छन् ।

गाडीमा सवार चालक पोखरा १७ घारिपाटन बस्ने बर्ष ३४ को कुशल रत्न परियार घाइते भएका छन् । उनको टाउको, घाँटी, अनुहारमा र दायाँ हातमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

त्यसै गरी पर्वत जलजला ४ मल्लाज बस्ने बर्ष ३७ को हर्क बहादुर बिक, अन्नपुर्ण गाउँपालिका १ नौडाँडा बस्ने बर्ष २७ को दिपेश परियार, बर्ष २७ कि रितिका परियार, बर्ष ४ की रेगन परियार र बर्ष १ को रियान्त परियार रहेका छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेका प्रहरीले जानकारी दिएको छ ।



Tags: