पोखरामा बारिष्टा पुनर्ताजगी तालिम शुरु

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८२ मा प्रकाशित


पोखरामा बारिष्टा पुनर्ताजगी तालिम शुरु

पोखरामा बारिष्टा पुनर्ताजगी तालिम शुरु

पोखरा, ३ असार/ पोखरामा क्याफेमा बारिष्टाको काम गरिरहेकाहरुलाई पुनर्ताजगी तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र रेवान पोखराका सह आयोनजामा तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत युवराज गुरुङले तालिमले पोखरामा स्तरीय कफि खान पाइन्छ भन्ने सन्देश दिने बताए । उनले पहिले पहिले थोरै मात्रामा कफिका पारखी रहेकोमा पछिल्लो सयम धेरै बढेको बताए । प्रयोग कर्ता बढ्दै जाँदा कफिका प्रकार समेत बढेको उनको भनाई छ । बारिष्टालाई कफि नयाँ नयाँ प्रकारबाट कफि बनाउ सिकाउन पुनर्ताजगी तालिम शुरु गरेको बताए ।

कार्यक्रमा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरा र लेकसाइड क्षेत्रमा विदेश र स्वदेशी पर्यटकहरु आउने र उनीहरुलाई स्तरीय कफि दिदा राम्रो सन्देश जाने बताए । उनले कफि कल्चर बढ्दै गएको बताउदै कफिका धेरैमा अब ग्राहकहरुलाई सेवा दिन तालिम आवश्यक भएको बताए ।

कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल पछिल्लो समयमा आएका नयाँ नयाँ प्रविधिबाट कफि बनाउन सिकाउने बताए । ५ दिन सम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागीता रहेको रेवान पोखराका महासचिब विरेन्द्र शेरचनले जानकारी दिए ।