
सराङकोटको कैलाशेश्वरमा आरती, केवलकारबाट जादाँ छुट
पोखरा, २७ फागुन/ सराङकोटस्थित कैलाशेश्वर महादेव प्रागंणमा प्रत्येक सोमबार आरती पूजा हुने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले प्रत्येक सोमबार साँझ ५ बजेर ३० मिनेटदेखि आरती गर्ने निर्णय गरेको हो ।
त्यसमार्फत सराङकोट धामको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । आरतीमा सहभागी हुन सुलभ मूल्यमा केवलकारमा आउजाउँ व्यवस्था समेत मिलाइएको छ ।
केवलकारसँग समन्वयमा केवलकारबाट यात्रा गर्दा प्रत्येक सोमबार दिउँसो ४ बजेपछि साँझसम्म २५० रुपैयाँ तोकिएको समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । पोखराको लेकसाइडबाट कम्पनीले निःशुल्क सटल बस सेवा संचालन गर्दै छ ।
समितिले सराङकोटलाई धामका रुपमा विकास गरेको छ । त्यहाँ पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर, भ्युटावर रहेका छन् ।
ति संरचना हर्न जानका लागि पनि केवलकारले फागुन २९ गते सम्म ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।





