२०८२ सालको दशैं ११ दिन छिटो (कुन कुन पर्व कहिले सहित)

-


     क्लिक गण्डकी     
     फागुन ९ गते २०८१ मा प्रकाशित


दशै

दशै

पोखरा, ९ फागुन /आगामी वर्ष २०८२ सालको बडादशैं अघिल्लो वर्ष भन्दा ११ दिनअघि सरेको छ । दशैं असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको घटस्थापना असोज १७ गते थियो । २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ ।

२०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ । तिहारको धनतेरस कात्तिक १ गते परेको छ । कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । यो वर्ष पनि ककुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो ।

४ गते गौपूजा, ५ गते म्हःपूजा, गोरुतिहार नेपाल संवत्को पहिलो दिन परेको छ । आगामी वर्ष कात्तिक ६ गते भाइटीका परेको छ । यस वर्ष कात्तिक १८ गते परेको थियो ।

विदेशमा रहेका नेपालीले नेपाल आउनका लागि समय तय गर्न, बिहे र व्रतबन्धको साइत जुराउन पञ्चाङ्ग पात्रोको बढी माग गर्ने गरेका छन् । सोही आधारमा पञ्चाङ्ग समितिले तिथि निकालेको हो ।

आगामी वर्ष जेठ २९ गतेदेखि असार २२ गतेसम्म वृहस्पति अस्त र मंसिर २८ देखि माघ १५ गतेसम्म शुक्रअस्त रहनेछ । आगामी वर्ष व्रतबन्धको ८ र विवाहको ३७ वटा साइत रहेको छ ।

वैशाखमा ३, फागुनमा ३ र चैतमा २ वटा व्रतबन्धको साइत परेको छ । वैशाखमा १०, जेठमा ७, मंसिरमा ८, माघमा २ र फागुनमा १० दिन विवाहको साइत रहेको छ । आगामी वर्ष भदौ २२ गते खग्रास चन्द्रग्रहण र फागुन १९ गते खण्डग्रास चन्द्रग्रहण परेको छ ।

२०८२ सालमा
बैशाख १ गते नयाँ वर्ष
वैशाख १४ गते मातातीर्थ औंशी
बैशाख १७ गते अक्षय तृतीया
बैशाख १८ गते मजदुर दिवस
बैशाख २९ गते बुद्ध जयन्ती, चण्डी पूर्णिमा

जेठ १५ गते गणतन्त्र दिवस
असार १५ गते राष्ट्रिय धान दिवस
असार २२ गते हरिशयनी एकादशी तुलसी रोप्ने
साउन १ गते साउन संक्रान्ति, लुतो फाल्ने
साउन १३ गते नाग पञ्चमी
साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी, गौरा पर्व

भदौ ७ गते कुशे औशी, बुवाको मुख हेर्ने दिन
भदौ १० गते हरितालिका तीज
भदौ १३ गते ऋषि पञ्चमी
भदौ २३ गते सोह् श्राद्ध शुरु
असोज ३ गते संविधान दिवस
असोज ६ गते घटस्थापना, नवरात्र आरम्भ
असोज १३ गते फुलपाती
असोज १४ गते महाअष्टमी
असोज १५ गते महानवमी
असोज १६ गते विजयादशमी
असोज २० गते पूर्णिमा व्रत

कात्र्तिक २ गते काग तिहार, धन्वन्तरी जयन्ती
कात्र्तिक ३ गते कुकुर तिहार, लक्ष्मी पुजा
कात्तिक ५ गते गाईपुजा, गोरुपुजा, गोवर्धन पुजा, म्हपुजा, नेपाल सम्बद ११४६ शुरु
कात्तिक ६ गते भाई टिका
कात्तिक १० गते छठ पर्व
कात्तिक २५ गते फाल्गुनन्द जयन्ती
मंसिर ३ गते बाला चतुर्दशी, शतबीज छर्ने
मंसिर ९ गते विवाह पञ्चमी
मंसिर १८ गते धान्य पूर्णिमा, उधौली पर्व, यःमरि पून्हि

पुस १० गते क्रिसमस डे
पुस १५ गते तमु ल्होसार
पुस १७ गते अंग्रेजी नयाँ वर्ष
पुस २७ गते राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती
माघ १ गते माघी पर्व एवं माघे संक्रान्ति
माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस
माघ ९ गते श्रीपञ्चमी, सरस्वती पूजा
माघ १६ गते शहिद दिवस
फागुन ३ गते महाशिवरात्री
फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस
फागुन १८ गते पहाडमा होली
फागुन १९ गते तराईमा होली पर्व
फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवस
चैत ४ गते घोडेजात्रा
चैत १३ गते रामनवमी पर्व



Tags: