पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश,३३ औँ राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान

-


     क्लिक गण्डकी     
     माघ २६ गते २०८१ मा प्रकाशित


पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश,३३ औँ राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान

पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश,३३ औँ राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान

पोखरा, २६ माघ/ पोखरा उद्योग वाणिज्य संघको ७१औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तलन तथा सम्मान कार्यक्रम गरेको छ ।

संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन तथा कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३ औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सवमा सयोग गर्ने सरकारी निकायहरू विभिन्न संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा वोल्दै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकार र निजि क्षेत्रसँगै मिलेर काम गर्नेुपर्ने बताउदै पाण्डेले पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नयनको लागि संघको भूमिका महत्वपूर्ण रहेको बताए ।

वार्षिकोत्सवकै अवसरमा आयोजित सम्मान कार्यक्रममा वोल्दै संघका अध्यक्ष गोर्कण कार्कीले पोखराको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गरेको संघले यसपालि आयोजना गरेको ३३औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सव व्यवसायीको हितमा नै गरिएकोले महोत्सव सफल भएको बताउदै कार्कीले सम्पुर्ण व्यवसायीहरूको आशा अनि भरोसा रहेको संघलाई अझ क्रियाशिल तथा मजबूत र सवल रुपले अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताए ।

संघका उधोग उपाध्यक्ष तथा महोत्सवका प्रायोजन व्यवस्थापन उप समितिका संयोजक दीनेशचन्द्र बास्तोलाले मेला आयोजनाको क्रममा सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै उद्यमशिलता विकास तथा व्यवसायीको हितका लागि संघ निरन्तर क्रियाशिल रहने बताए । कार्यक्रम संघका महासचिव शोभा गौतमले सन्चालन गरेकी थिईन ।

संघको सचिवालयमा भएको झण्डोत्तलन तथा सम्मान कार्यक्रममा पुर्व अध्यक्षहरू राजेन्द्र कुमार लालचन,नारायण कोइराला लगाएतले बोलेका थिए भने कार्यक्रममा संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य विभिन्न वस्तुगत समितिका पदाधिकारीहरू तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो भने संघको ७१ औँ वार्षिकोत्सवको अवसरमा केक समेत काटिएको थियो ।

२००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना भएको यो नै जेठो सामाजिक संस्था हो । उद्योगीरव्यवसायीहरुको हक हितको लागि २०११ साल माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

aaha rara pokhara gold cup 24th
aaha rara pokhara gold cup 24th