गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     माघ २० गते २०८१ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २० माघ/ गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बिहान १० बजे बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ ।

बैठक अघि मन्त्रीहरुलाई प्रदान गरिएको प्रस्तावमा बिदाको विषय समेत समेटिएको एक मन्त्रीले बताए । घरेलु मदिरा सम्बन्धी विधेयकसहित २ विधेयक प्रदेश सभामा पेस गर्ने, वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई प्रदान गरिने पुरस्कारका बारेमा समेत मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

बिदामा बारेमा हल्ला चले पनि सरकारले निर्णय गर्न ढिलाइ गरेका कारण विद्यालय र कार्यालयहरुमा अन्योल भएको छ ।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो ।