आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने

-


     क्लिक गण्डकी     
     माघ २० गते २०८१ मा प्रकाशित


आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने

आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने

पोखरा, २० माघ/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर तयारीको बारेमा जानकारी गराएको छ ।

आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ ।

प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ । उद्घाटन खेल आयोजक सहारा क्लब र आठ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुनेछ । १२ टोलीको सहभागिता रहने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी सहित ३ विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

ब्ल्याक बुल्ससहित सहभागी हुने ए डिभिजनका टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् । आयोजना सहारा, एपिएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड छन् ।

प्रतियोगिताको संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रा लिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बाल बालिकाको लागि खर्च गरिनेछ ।



Tags: