
न्यायपालिकाको पूर्नसंरचना आवश्यक छ बार अध्यक्ष घिमिरे
पोखरा, २३ मंसिर/ नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले न्यायपालिकाको पूर्नसंरचनाको कुरा उठाउदा उथल पुथल भएको बताएका छन् ।
पोखरामा हुने नेपाल बार एशोसिएसनको ५० औँ कार्यकारिणी समितिको बैठकको बारेमा जानकारी दिन पोखरामा आयोनजा गरेको पत्रकार सम्मेलनमा घिमिरेले न्यायपालिकाको पुनसंरचना एजेन्डामा विस्तृतमा छलफल हुने बताए ।
उनले पुर्नसंरचनाका एजेन्डालाई एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनबाट घोषणापत्र जारी गरी गते जेठमा पास गरेको र अब कार्यान्वयनको चरणमा रहेको बताए ।
उनले न्याय परिषदले न्याय परिषद ऐन अन्तरगत बनेको नियमावलीमा २०८० साल असोज १ गते भएको संशोधन गैर संवैधानिक रहेको बताए । उनले संशोधन भएको भन्दै त्यसले संविधानको धारा १४१ को १ (३) लाई संशोधन गरिदिएको अध्यक्ष घिमिरेले बताए । नेपालका न्यायालयमा रहेका न्यायाधीशको मर्यादाक्रममा व्यापक उथलपुथल बनाइदिएको उनले दावी गरे ।
आफूले चाहेका मानिसलाई टपक्क टिपेर माथिल्लो न्यायाधीशमा नियुक्त गर्ने व्यवस्था गरिदिएको कारण अहिले न्यायिक जगतमा व्यापक असन्तुष्टि रहेको उनले भनाइ थियो । यो विषयमा समेत बैठकमा छलफल हुनेछ ।
नेपाल बार एशोसिएसनको ५० औँ कार्यकारिणी समितको बैठक पोखरामा सोमबार र मंगलबार हुदैछ । बैठकको सम्पूर्ण तयारी पुरा भएको उनले बताए । बैठकमा देशभरबाट १ हजार जना प्रतिनिधिले सहभागिता हुनेछ ।





