गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक २७ गते २०८१ मा प्रकाशित


दीपक मनाङे

दीपक मनाङे

पोखरा, २७ कात्तिक/ गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो ।

मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

न्यायाधीशद्धय नहकुल सुबेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।



Tags: