
पोखरामा नगद २ लाख सहित झोला फेला, प्रमाणसहित लिन आउन प्रहरीको अनुरोध
पोखरा, ७ असोज/ पोखरा महानगरपालिका वडा १३ भद्रकाली स्थित पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयको भवन भित्र दुई लाख नगद सहितको झोला फेला परेको छ ।
वडा कार्यालयका सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको भिर्ने झोलामा फेला पारेको हो ।
अपरिचित व्याक्तिले छाडी गएकोमा हालसम्म कोही कसैले दाबी गर्न नआएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले सुरक्षित साथ वडा सदस्यको रोहबरमा खोली हेर्दा निम्न अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सामान वडा प्रहरी कार्यालय रामबजारमा राखिएको सामान कोही कसैको हुनसक्ने हुँदा प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
निम्न सामानहरु :-
- नगद रु. २ लाख ।
- हाप पाईन्ट थान-१, टिसर्ट थान -१, INSTA 360 लेखेको क्यामेरा थान-१ र मो.सा.को चाबी थान -१ ।





