टिकटकको प्रतिबन्ध हटाउने मन्त्रिपरिषदको निर्णय

-


     क्लिक गण्डकी     
     भाद्र ६ गते २०८१ मा प्रकाशित


टिकटक

टिकटक

पोखरा, ६ भदौ/ सरकारले टिकटकलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाएको एक मन्त्रीले बताए ।

सञ्चार मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।

गत वर्ष कात्तिक देखि सरकारले टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।



Tags: