नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण २३ गते २०८१ मा प्रकाशित


नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

पोखरा, २३ साउन/ एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटना हुदाँ पाँचै जनाको मृत्यु भएको छ । मध्ये चार जना चिनियाँ नागरिक हुन् ।

हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने जनाएको छ ।

सरकारले दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।