वर्षाका कारण गण्डकीका ठाउँ ठाउँमा सडक अवरुद्ध

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८१ मा प्रकाशित


स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध

वर्षा

पोखरा, २२ असार/ गएराति देखी परेका वर्षाका कारण गण्डकी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् ।

वर्षाका कारण बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ स्थित घुमाउने भिरमा पहिरोको कारण सडक अबरोध भएको छ । पहिलो हटाउन प्रहरी टोली खटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

त्यसै गरी पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्दे–४ मनोहरीमा बाटो हिलो भएको कारण २ ट्रक र ३ बस फस्दा राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

त्यसै गरी बेनी–जोमसोम सडकको रघुगंगा–३ बैसरीमा लेदो सहितको पहिरोले सडक अबरोध भएको छ । मालढुङ्गा–बेनी सडक अन्तरगत कुश्मा–१ मालढुङ्गामा पहिरोका कारण सडक पुर्ण रुपमा अबरोध भएकाले प्रहरीले खुलाउने प्रयास गरीरहेको जनाएको छ ।

बेसिशहर–मनाङ सडक पनि मर्स्याङदी–४ हावाडाँडामा पहिरोका कारण सडक पुर्ण रुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।

उता सिद्धार्थ राजमार्ग अबरोध पनि अवरुद्ध छ । वालिङ नगरपालिका–८ ओम शान्ति, वालिङ–१० मोदिखोला, गल्याङ–८ चिउरी र गल्याङ–११ मुडकिल्ला गरी ४ स्थानमा पहिरोका राजमार्ग पुर्ण रुपमा अवरोध भईरहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: