कास्कीमा ट्रकले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २४ जेठ/ कास्कीको अन्नपूर्ण गाउपालिका वडा नम्बर १ नौडाँडा ट्रकले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ ।

ग १ क २६२५ नम्बरको ट्रकले पैदल यात्री सोही ठाउँका ७० बर्षीय दुर्गाप्रसाद दाहाल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा ठक्कर दिँदा घाइते भएका उनको उपचारको लागि मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ट्रक र ट्रक चालक जिल्ला धादिङ गल्छी गाउँपालिका २ बस्ने ३५ बर्षीय लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।



Tags: