
पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाए, प्रहरी सँग झडप
पोखरा, २३ जेठ/ पोखरामा सहकारी पीडितहरूलाई प्रहरीले धरपक्कड गरेको छ । बुधबार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले उनीहरुलाई लाठ्ठि प्रहार गर्दै पक्राउ गरेको छ ।
पोखराको सभागृहमा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा र ब्यान देखाएका थिए ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् ।





