
पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ
पोखरा, ११ बैशाख/ अघिल्लो वर्ष चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनमा भएको चोरीमा संलग्न तीन जना पक्राउ गरेको छ ।
भवनको शौचलयको शिशा फोडी उक्त भवनमा रहेको लकर सहित नगद ५ लाख ८२ हजार ५ सय ८० रुपैया, सामसुम मोबाईल थान १ र झोला थान ५ चोरी भएको थियो ।
उक्त चोरीको वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको टोली अनुसन्धान गर्दै जना ३ जनालाई प्रक्राउ गरेको हो ।
प्रहरीले पोखरा ५ प्रस्याङबाट पोखरा वडा नम्बर १५ टुटुङ्गा बस्ने २९ बर्षीय अर्जुन परियार, पोखरा १० रङगशाला बस्ने २७ बर्षीय विकास अधिकारी र जिल्ला धादिङ घर भई हाल पोखरा २ नाला मुख बस्ने २९ बर्षीय लोकेन्द्र बहादुर इटनीलाई पक्राउ गरेको छ ।
उनीहरुका साथबाट लकर थान १ र झोला थान १ सहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।





