
पोखरामा बाटोमा हराएको १७ लाख रुपैया फेलापारी सम्बन्धित धनीलाई बुझाए
पोखरा, ६ बैशाख/ बैशाख ६ गते पोखरा महानगरपालिका वडा नम्बर ८ पृथ्वीचोक स्थित माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढले बाटोमा खसालेको १७ लाख रुपैया भेटिएको छ ।
कालिगढ मनोहर पवँरले पोखरा ९ नयाँबजार स्थित रहेको कृषि विकास बैंकमा नगद जम्मा गर्न भनी मोटरसाइकलको लेगार्डमा कालो रंगको झोलाभित्र राखेको नगद १७ लाख हराएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले खोजी थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माको कमाण्डमा र मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले खोजतलास थालेको थियो ।
भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगर पालिका वडा नम्बर ३ पालिखे चोक बस्ने वर्ष ६५ को छोटुलाल शर्माले फेला पारेका थिए ।
उनले प्रहरीलाई जानकारी गराएको र रकम निज छोटुलाल शर्माको रोहबरमा माता श्री ज्वैलर्सका संचालक जिल्ला कास्की पोखरा महानगर पालिका वडा नम्बर ५ बस्ने वर्ष ४३ का ध्रुव कुमार सुनारलाई बुझाइएको छ





