
गजलकार प्रकट पंगेनी शिव भेन्टिलेटरमा, उपचारका लागि आर्थिक सहयोगको अपिल
पोखरा, ४ बैशाख/ गजलकार प्रकट पंगेनी (शिव) गम्भीर बिरामी भएर पोखराका मणिपाल हस्पिटल भर्ना भएका छन् । सोमबार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको हो ।
उनको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको उनका भतिज प्रज्वल पंगेनीले जानकारी दिए । ७० वर्षीय गजलकार प्रकटको अवस्था गम्भिर रहेको तथा जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या भएको प्रज्वलले बताए ।
उनको उपचारमा आर्थिक अभाव भएपछि पोखरेली युवा साँस्कृतिक परिवारले पंगेनीको उपचारको लागि सहयोग अपिल गरेको छ ।
अहिले सामाजिक सञ्जालमा अपील पोष्ट गर्दै सहयोगको याचना गरेको गरेको छ । उपचारका लागि सहयोग जुटाउन कोष स्थापना गरेर एनएमबी बैंकमा २५ हजार रुपैया जम्मा गरेको शुरुवात गरेको छ ।





