कास्कीको माछापुच्छेमा कुकुरले बाघ मारेपछि

-


     क्लिक गण्डकी     
     वैशाख १ गते २०८१ मा प्रकाशित


कास्कीमा माछापुच्छेमा कुकुरले बाघ मारेपछि

कास्कीमा माछापुच्छेमा कुकुरले बाघ मारेपछि

पोखरा, १ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिका १ घाचोकको टुसेमा कुकुरले चितुवा (बाघ) मारेका छन् । शनिबार बिहान घाचोकमा कुकुरहरुले चितुवा मारेका हुन् ।

शनिबार बिहान एउटा रुखमा रहेको चितुवालाई डन्डे परियारले देखेका थिए । उनै परियारलाई चितुवाले आक्रमर्ण गर्न आए पछि कुकुरहरुले टोकेर मारेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो ।

उनका हातको ठाउँमा घाउ भएको छ । शुक्रबार राति नै चितुवा रुखमा चढेको थियो । कुकुरहरु रुख मुनी रातभर कुरेर बसेका थिए । बिहान डन्डे परियार रुख मुनी आउने वित्तकै रुखबाट झरेर चितुवाले आक्रर्मण गरेको थियो ।

उनले प्रतिकार गरेर बाच्न सफल भएपनि कुकुरहरुको आक्रर्मणबाट चितुवा भने मरेको छ । उनलाई आक्रर्मण गरेपछि नजिकै बारिमा मकै खन्दै गरेका गाउँहरु पनि आएका थिए ।

चितुवालाई त्यहाँ रहेका ७/८ वटा कुकुरहरुले आक्रर्मण गरेर मारेको परियारले बताए । मृत चितुवालाई एक्यापका प्रर्तिनिधिहरुले लगेका छन् ।