
पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
पोखरा, १८ चैत/ पोखराबाट भदौरे जादै गरेको जीप कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
पोखराबाट कास्कीको भदौरे जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि पोखरा वडा नम्बर २४ पामे घर भएका ५५ वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा अन्य १० जना घाईते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।







