गण्डकी प्रदेशमा थप तीन दिन सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     चैत्र १६ गते २०८० मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, १६ चैत/ गण्डकी प्रदेश सरकारले २०८१ सालमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले भन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । चैते दसैका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते र कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको छ ।

अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन फागुन ४ मा दिँदै आएको बिदा भने यसपालि कटौती गरिएको छ ।



Tags: