कास्कीमा ६१ प्रतिशत मतखस्यो, रातिबाट गणना शुरु हुने, कहाँ कहाँ हुदैछ गणना ?

-


     क्लिक गण्डकी     
     फागुन २१ गते २०८२ मा प्रकाशित


कास्कीमा ६१ प्रतिशत मतखस्यो, रातिबाट गणना शुरु हुने, कहाँ कहाँ हुदैछ गणना ?

कास्कीमा ६१ प्रतिशत मतखस्यो, रातिबाट गणना शुरु हुने, कहाँ कहाँ हुदैछ गणना ?

पोखरा, २१ फागुन/ कास्कीमा जारी निर्वाचनमा ६१ दशमलब ३४ प्रतिशत मतखसेको छ । कास्की जिल्लाका तिन वटै क्षेत्रमा १ लाख ८९ हजार २ सय ६७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

१ लाख ३ सय ५ जना महिला, ८८ हजार ९ सय ५९ पुरुष र ३ जना अन्यले मतदान गरेको कार्यालयले जनाएको छ । अभै रुजु गर्ने काम भैरहेका कारण मत प्रतिशत थप घट हुन सक्ने कार्यालयले जनाएको छ ।

कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका थिए । मतगणना राति सम्म मतपेटिका आएपछि सर्वदलीय बैठक पछि गणना शुरु गर्ने निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । कास्की २ का सबै मतपेटीका आइसेका र अन्य क्षेत्रका पनि आउने क्रम जारी रहेको बताए ।

मतदान सकिएसँगै कास्कीका तीनै क्षेत्रमा मतपेटिका संकलन भइरहेको छ । निर्वाचन कार्यालयले क्षेत्र नम्बर १ को गणना पोखरा महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा गर्ने तयारी गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ को गणना ड्यामसाइडस्थित सिँचाइ डिभिजन कार्यालय र क्षेत्र नम्बर ३ को मालेपाटनस्थित कृषिमन्त्रालयको सभाहलमा मतगणना हुनेछ । अब केहीबेरभित्रै सबै मटपेटिका सम्बन्धित गणनास्थलमा संकलन भइसक्ने मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिए ।

उनले राजनीतिक दलहरूबिच सहमति भए आजै गणना सुरु गर्ने बताएका छन् । सुरक्षाका लागि सीसीटीभी र तारजालीले बारीएको छ ।