
पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
पोखरा, २१ फागुन/ पोखरा महानगरपालिका–१७ सितापाइला मार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
ग २६ प ३३६७ नम्बरको स्कुटर चालक पोखरा–१७ घारीपाटन बस्ने १७ वर्षीय रबिन सुनारले स्कुटर चलाउने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर पछाडि सवार मुलकुनाकी १६ वर्षीया जेनिसा क्षेत्री गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक क्षेत्रीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।





