पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी

-


     क्लिक गण्डकी     
     फागुन २१ गते २०८२ मा प्रकाशित


पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी

पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी

पोखरा, २१ फागुन/ कास्की कारागारमा शत प्रतिशत मतदान भएको छ भने कास्की जिल्ला भर २० प्रतिशत मत खसेको छ । अस्थायी मतदान केन्द्र रहेको ३७ जना कैदीबन्दीले मताधिकार प्रयोग गरेका छन् ।

मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो ।

कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्रै मतदान गरेका हुन् ।

कास्की जिल्लाभर विहान ११ बजे सम्म २० प्रतिशत अर्थात करिब ६१ हजार मत खसेको निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । अहिले जिल्लामा निर्वाचन प्रक्रिया सौहार्दपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए । निर्वाचन वातावरण शान्त, मर्यादित र उत्साहपूर्ण रुपमा मतदान गरिरहेको बताए ।

कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएलगत्तै आजैदेखि मतगणना कार्य सुरु गरिने तयारी गरिएको छ ।



Tags: ,