
२५औं आहा रारा गोल्डकपमा प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्ल्बलाई हराउदै क्वाटरफाइनमा
पोखरा, १ फागुन/ पोखरामा जारी २५ औं आहा रारा गोल्डकपमा प्लानिङ ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा जारी प्रतियोगितामा फ्रेन्ड्स क्लबमाथी ४(० को जित हासिल गरेको हो ।
पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिएको प्लानिङले दोस्रो हाफमा थप २ गोल थप्यो । खेलको २४ औं मिनेटमा एलेक्स विल्लियानले पेनाल्टीमा गोल गरे ।
खेलको ४५ औं मिनेटमा टोलिको अग्रता दोब्बर बनाएका पापा इबोउ किबेले ह्याट्रिक पूरा गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । किबेले खेलको ५४ औं र ८१ औं मिनेटमा गोल गरे ।
अब प्लानिङले उज्वेकिस्तानको आभा फुटबल क्लब संग फागुन ४ गते खेल्नेछ । प्रतियोगीता अन्तरगत शनिबार पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लब पोखराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।






