एक साता देखी बेपत्ता पौडेल मृत फेला

-


     क्लिक गण्डकी     
     पौष २० गते २०८२ मा प्रकाशित


शव

तनहुँ, २० पुस/ तनहुँको भानु नगरपालिका ५ बारीफाँट निवासी एक महिला मृत फेला परेकी छन् ।

एक साता देखी हराएकी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिएकी हुन्। पौडेल शनिबार मस्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।