
५०÷६० सिट ल्याएर र च्याख्य थाप्ने बाहेक काम हुदैन बहुमत चाहियो रास्वपा उपसभापति स्वर्णीम वाग्ले
पोखरा, १९ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णीम वाग्लेले ५०/६० सिट ल्याएर कुनै काम नलाग्ने भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् ।
शनिबार पोखरामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै थोरै सिट ल्याएर च्याख्य थाप्ने बाहेक केही काम नहुने बताए । उनले सरकार चलाउनका लागि रास्वपालाई बहुमत आवश्यक हुने बताए ।
उनले आगामी निर्वाचनमा रास्वपाले १ सय ५१ सिट जित्ने दावी गरे । बहुमत ल्याउन कै लागि आफुहरुले बालेन, कुलमान लगाएतका व्यक्ति तथा पाटीहरु सगँ एकिकरण गरेको बताए ।
त्यस गरी रास्वपाका प्रवक्ता मनिष झाले राजनीति मानसिक र शारीरिक रुपमा सशक्त भएको समयमा मात्रै राजनीति गर्न सुझाब दिए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् ।
संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तरघात गरेको आरोपमा निष्कासन गरेपछि आज रास्वपा प्रवेश गरेका हुन् ।
उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरे ।





