पोखरा लक्ष्मी ई–मोबिलिटीको सोरुम सञ्चालन, केई र फोर्थिङका कार

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०८२ मा प्रकाशित


पोखरा लक्ष्मी ई–मोबिलिटीको सोरुम सञ्चालन, केई र फोर्थिङका कार

पोखरा लक्ष्मी ई–मोबिलिटीको सोरुम सञ्चालन, केई र फोर्थिङका कार

पोखरा, ८ मंसिर/ नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा शोरुम सञ्चालनमा ल्याएको छ ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको उद्घाटन गर्दै कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म पु¥याउने बताए ।

उद्घाटनको अवसरमा कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको छ । जसअन्तर्गत विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजको व्यवस्था रहेको छ ।

कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउनेछ र वातावरणमैत्री गतिशीलताप्रति संगठनको प्रतिबद्धता अझ सुदृढ हुनेछ ।

दिगो मोबिलिटी प्रवद्र्धनका लागि लक्ष्मी ग्रुपले रिल्याक्स रिर्चाज नेटवर्क मार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेशन विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज चार्जिङ र मर्मत–सम्भार सेवा प्रदान गर्दै पूर्वाधारलाई मजबुत बनाइरहेको छ ।

बुद्धचोकस्थित यो शोरुमले प्रदेशमा बढ्दो ईभी मागलाई सम्बोधन गर्दै ग्राहकलाई नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।