
जेनजीको आन्दोलनले पोखरामा के के भयो
पोखरा, २५ भदौ/ पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनीमा जलेर दुई जनाको मृत्यु भएको छ ।
नयाँबजारस्थित धुब थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै लेकसाइडमा रहेको बगौचामा आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीले कास्कीमा निजी तथा सरकारी कार्यालय ध्वस्त भएका छन् ।





