एमालेले युवालाई घात गरेको भन्दै अखिलका गण्डकी सहसंयोजकले गरे एमाले परित्याग

-


     क्लिक गण्डकी     
     भाद्र २३ गते २०८२ मा प्रकाशित


विश्वदर्शन पराजुली

विश्वदर्शन पराजुली

पोखरा, २३ भदौ/ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश सहसंयोजक विश्वदर्शन पराजुलीले एमाले पार्टी परित्याग गरेका छन् ।

आफू आबद्ध पार्टी नेतृत्वको सरकारले जेन जी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी नेतृत्वको सरकारले आफू जस्तै युवा पुस्ता, राज्य र जनताप्रति घात गरेको भन्दै उनले यसको मतियार हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एमालेको सदस्यता पत्र राख्दै उनले अबदेखि पार्टीका लागि नभई देशका लागि योगदान दिने पनि बताएका छन् ।

Bishow Darshan Parajuli

rendtpsooS0umumcah4lu9i15t010iu047ihf13am7gm1auhi5m3ctah57mh ·

यतिबेला पारिवारिक दुखमा सुनवल छु !

मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवा संगै सिंगो राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिन !

२०६९ साल देखि बुझाएको मेरो पार्टी सदस्यता शुल्क केहि लोभोपापी सिनियरहरुले खाईदिए पश्चात २०७१ साल देखि लिएको मेरो पार्टी सदस्यता ११ वर्ष पुगेछ !

२०६७ सालदेखिको प्रत्यक्ष विधार्थी राजनीतिले १५ बर्ष टेकेछ ! राजनीतिका हरेक यात्रामा साथ-सहयोग दिनुहुने सम्पूर्णमा आभार ! पार्टी भित्रका तमाम ईमान्दार र योग्य अनुज, सहपाठी र अग्रज नेता कार्यकर्ता संग क्षमायाचना गर्दै यो १५ बर्षको राजनैतिक यात्रामा पार्टी- सरकार बाट कुनै लाभ नलिएको र कुनै व्यक्ती वा संस्थाबाट १ रुपैँया पनि चन्दा नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ अब देशलाई दिने विचारका साथ आजैका मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निस्क्रिय पार्दै अनेरास्ववियुमा रहेको मेरो सांगठनिक जिम्मेवारीबाट राजिनामा दिएको स्वघोषणा गर्दछु !



Tags: