#विश्वदर्शन पराजुली

एमालेले युवालाई घात गरेको भन्दै अखिलका गण्डकी सहसंयोजकले गरे एमाले परित्याग

विश्वदर्शन पराजुली
पोखरा, २३ भदौ/ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश सहसंयोजक विश्वदर्शन पराजुलीले एमाले पार्टी परित्याग गरेका छन् । आफू आबद्ध पार्टी नेतृत्वको सरकारले जेन जी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी नेतृत्वको सरकारले आफू जस्तै युवा पुस्ता, राज्य र जनताप्रति घात गरेको भन्दै उनले यसको मतियार हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एमालेको सदस्यता पत्र राख्दै उनले अबदेखि पार्टीका लागि नभई देशका लागि योगदान दिने पनि बताएका छन् ।… पुरा पढौ