आइओ ई प्रवेश परीक्षामा पोखराका आयुष पराजुली नेपाल टपर

-


     क्लिक गण्डकी     
     भाद्र १२ गते २०८२ मा प्रकाशित


आयुष पौडेल

आयुष पौडेल

पोखरा, १२ भदौ/ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइ ओ ई) ले २०८२ सालका लागि लिएको स्नातक तहको प्रवेश परीक्षामा पोखराका आयुष पराजुली नेपाल प्रथम भएका छन् ।

उनी पोखरा–१५, रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका विद्यार्थी हुन् । विद्यालयले प्रतिभाशाली विद्यार्थी आयुषले राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गरेको छ ।

गत वर्ष २०८१ को प्रवेश परीक्षामा पनि एसओएसका कृतन लामिछाने उत्कृष्ट नतिजा ल्याएका थिए । यस वर्ष आयुषले त्यो सफलतालाई निरन्तरता दिएका हुन् ।

इन्जिनियरिङ अध्ययनका लागि आइओईको प्रवेश परीक्षा नेपालकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक परीक्षा हो ।