
पालमा कम्युनिष्ट टुट्फुट भैरहन्छ एमाले उपमहासचिब ज्ञवाली
पोखरा, १२ भदौ/ नेकपा एमालेका उपमहासचिब प्रदिप ज्ञवालीलले नेपाल कम्युनिष्टहरुमा टुट्फुट भैरहेने बताएका छन् । पोखरामा विद्याविमल बरालका दुई वटा पुस्तक विमोचन गर्दै नेपालको कम्युनिष्ट पार्टिका जन्म हुदै देखी टुट्फुटको क्रम शुरु भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन इतिहास विभाजन र एकीकरणका प्रयास भइरहेने बताए ।
विभिन्न वैचारिक बहस, नेताहरूको व्यक्तिगत इगो र बाह्य शक्तिको संलग्नताले गर्दा पटक–पटक विभाजन हुने अनि एकता र पुनर्गठनका कदमहरू निरन्तर अघि बढाइँदै आएको बताए । उनले एमाले र माओवादी मिलेर नेकपा बनेपछि धेरै टिक्न नसकेको बताए । उनले सबै एक ठाउँमा जुटेपछि मात्र क्रान्ति गर्ने लक्ष्य कहिलेपनि पुराना नहुने बताए । जो नजिक छन्, उनीहरूलाई समेट्दै आन्दोलनलाई अगाडि बढाउनु पर्ने बताए ।
नेता ज्ञवालीले टाउको जोडिएर मात्र गरिएको एकता दिगो नहुने बताउँदै मुलुक बनाउने लक्ष्य सहित कार्यकर्ता सम्म भिजेर कम्युनिष्ट पार्टीको एकताको खाँचो रहेको बताए । नेकपा एमाले र माओवादी केन्न्द्रको एकताको प्रसङ्ग निकाल्दै एमाले उपमहासचिव ज्ञवालीले टाउको मात्र जोडिएर गरिएको एकताको कारण एकता टिक्न नसकेको बताए ।
अब हिंसात्मक बाटोको सम्भावना नरहेको बताउँदै अबको कम्युनिष्ट पार्टीको बाटो शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धात्मक र संवैधानिक बाटो हुने पनि उनले बताए । हिजो चीनमा, भियतनाममा भए जस्तो एकदलीय बाटोमा कम्युनिष्ट पार्टी जान नसक्ने बताउँदै प्रतिस्पर्धाको श्रेष्ठता हासिल गर्दै जानुको विकल्प नरहेको पनि उनले बताए ।
नेपाली क्रान्ति एउटा उचाइमा पुगेको हुनाले अबको फोकस भनेको छोटो समयमा मुलुकलाई सामाजिक, आर्थिकरुपमा समृद्धि तर्फ लैजाने रहेको उनले बताए । नेपाली विशेषता सहितको समाजवाद निर्माणमा पनि उनले जोड दिए । यसैलाई आधार र लक्ष्य बनाएर कार्यकर्ता समेट्दै एकतामा जानु महत्त्वपूर्ण रहेको पनि उनले बताए ।
टाउको मात्र जोडेर एकता गर्दा व्यवस्थापनमै समस्या हुने गरेको पनि उनले सुनाए । को कस्तो सोफामा बस्ने, सफा अघिको टेबलमा रातो टेबल पुस राख्ने कि सेतो राख्ने जस्ता नेताहरूका पदीय आँकाक्षा मिलाउँदा मिलाउँदै दिन जाने उनले बताए । यसैले जनताको राष्ट्रको श्रीवृद्धिको लक्ष्य सहितको एकतामा जानु पर्ने उनले बताए । बामपन्थी नेता टेकनाथ बरालले खोज्नु भएको एकता यस्तै रहेको बताउँदै यसकालागि उहाँ आफ्नो जीवनकालमा लाग्नु भएको उनले सुनाए ।
बामपन्थी नेता टेकनाथ बरालको दोस्रो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा लेखक विद्याविमल बरालका रचनहरू, आगो जस्तै पहाड र मरिसेला कृतिको विमोचन गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य किरण गुरुङले बरालका प्रजातान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान र कम्युनिष्ट पार्टी एकतामा खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।





