
एमआरआर ग्रुप पोखराको भजनमा भक्तजनको भव्य सहभागीता
पोखरा, ३१ साउन/ एमआरआर ग्रुप पोखराले साप्ताहीक रुपमा गर्दै आएको भजनमा भव्य सहभागीता भएको छ ।
एमआरआर पोखराले पोखरा ७ रत्नचोकमा रहेको कृष्ण मन्दिरमा शनिबार साझँ गरेको भजनमा ठुलो संख्यामा भक्तजनहरु सहभागीता जनाएका छन् । एमआरआरले २७ महिना देखी प्रत्यक शनिबार दुई घण्टा मन्दिरहरुमा भजन गाउँदै आएको छ ।
पछिल्लो प्रत्येक शनिबार फरक फरक मन्दिरमा गर्दै आएको छ । युवाहरुलाई भक्तिभाव जगाउन भजन गाउदै आएको एमआरआर ग्रुप पोखराका संयोजक उत्तम बरालले जानकारी दिए ।
उनले यस अगाडी पोखरा २६ मा रहेको जटाशंकर मन्दिर, पोखरा २२ मा रहेको पुम्दिकोट महादेवमन्दिर, पोखरा ६ मा रहेको केदारेश्वर मन्दिर लगाएतमा भई सकेको उनले बताए ।
शनिबार कृष्णमन्दिर भएको भजनमा सबै भन्दा धेरै भक्तजन आएको एमआरआर ग्रुपका सदस्य विश्वदर्शन पराजुलीले जानकारी दिए ।
उनले यस अगाडी पोखरा २६ मा पनि धेरै भक्तजन आएको बताए । उनले शनिबार कृष्ण जन्माष्टमी भएका कारण पनि धेरै संख्यामा आएको हुन सक्ने बताए । भजनमा ठुलो सख्यामा युवापुस्ताको सहभागीता रहदै आएको छ ।





