
दुर्घटना
तनहुँ, २९ साउन/ तनहुँको डुम्रेमा बस र माइक्रोबस ठोक्किएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस काठमाडौंबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको हो ।





