तनहुँको ऐनापहरा दुर्घटना, दुई जना चितवन रिफर

-


     क्लिक गण्डकी     
     श्रावण १९ गते २०८२ मा प्रकाशित


तनहुँको ऐनापहरा दुर्घटना, दुई जना चितवन रिफर

तनहुँको ऐनापहरा दुर्घटना, दुई जना चितवन रिफर

तनहुँ, १७ साउन/ तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी किनारमा खसेको बसमा थप यात्रु नभएको प्रहरीले बताएको छ ।

क्रेन लगाएर दबेको बस निकालर हेर्दा थप यात्रु नभेटिएको प्रहरीले जनाएको हो । ५ जना घाइते मध्ये दुई जनालाई चितवन रिफर गरिएको छ भने अन्य घाइतेको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भएको छ ।

गोरखा चितवन चल्ने बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरामा दिउँसो दुर्घटनामा परेको थियो । ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । बस रोकेर केही यात्रु ऐना पहरा घुम्न गएका थिए भने केही यात्रु बसभित्रै थिए।

बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको हो। दुर्घटनामा चालकसहित ५ जना यात्रु घाइते भएका छन्।



Tags: