लेकसाइडको होटलमा जुवा खेलीरहेका ९ जना २ लाख ७० हजार सहित पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०८२ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ११ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ९ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले लेकसाईड स्थित रहेको होटल लेक टपको कोठाभित्र जुवातास खेलिरहेका ९ जना व्यक्तिहरुलाई नगद सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

नगद २ लाख ५६ हजरा ४ सय, भारतिय ५ हजार ५ सय र २० बुक तास सहित पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा दिन दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा २४ का चिन्तामणी अधिकारी, पोखरा ४ बस्ने बर्ष ५६ को रामजी घजु, पोखरा ६ का २७ बर्षिय अर्जुन अधिकारी, पोखरा २९ बस्ने बर्ष ४४ को तुल बहादुर थापा, पोखरा १ मा बस्ने बर्ष ४८ को दुर्गा बहादुर थापा, मिन बुढा मगर, पोखरा ५ बस्ने वर्ष ५४ को हेम बहादुर श्रीष, ४० बर्षिय दिपक आचार्य, पोखरा ८ की ४९ की माया गुरुङ रहेका कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरी बहादुर वस्नेतले जानकारी दिए ।



Tags: