
म्याजेस्टिक लेक फ्रन्ट होटल बार्षिक उत्सव, फेवातालमा माछाको भुरा, मानव सेवा आश्रममा भोजन
पोखरा, ११ साउन/ पोखराको लेकसाईडमा रहेको म्याजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्राली तेस्रो बर्षमा प्रदेश गरेको छ । दोस्रो वर्ष प्रबेशको अवसरमा फेवातालमा माछाको भुरा छोडेर र मानव सेवा आश्रममा भोजन दान गरेको छ ।
पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको म्याजेष्टिक लेक फ्रण्ट होटलले दोस्रो वार्षिकोत्सव फेवातालमा १० हजार माछाको भुरा छाडेरको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
दोस्रो वार्षिकोत्सवको अवसरमा होटलले पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रममा भोजन दानपनि गरेको छ । होटलको वार्षिकोत्सवको अवसर पारेर त्यहाँ आश्रित करीब डेढ सय जना बृद्दहरुलाई भोजन खुवाइएको सञ्चालक भट्टराईले बताए ।
त्यसै गरी होटलले विभिन्न विधामा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । होटलले हेड अफ डिपार्टमेन्ट अफ दी ईयरबाट अनिल कुँवर र ईम्प्लोयी अफ दी ईयरबाट मेनुका गुरुङलाई पुरस्कृत गरेको हो ।
फेवाताल किनारमा करीब ७ रोपनी क्षेत्रफलमा सञ्चालित यो होटल अघिल्लो वर्षदेखि सञ्चालनमा आएको हो । होटलबाट फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्यावलोकनसँगै मेथलाङ डाँडासमेत नजिकबाट नियाल्न सकिन्छ । त्यसैले त यो होटल एक वर्षपनि नपुग्दै ट्रिप एडभाईजरमा पोखराको उत्कृष्ट ५ मा पर्न सफल भइसकेको छ ।
स्वदेशी तथा विदेशी पाहुनालाई उत्कृष्ट सेवा दिने उद्देश्यले होटल सञ्चालनमा ल्याएको भट्टराईले बताए । होटलमा ३ वटा स्वीट रुमसहित डिलक्स, सुपर डिलक्स गरेर ३८ वटा कोठाहरु रहेका छन् । त्यसबाहेक एक जना अट्नसक्ने कन्फिरेन्स हल, स्पा, साउना स्ट्रिम, मसाज लगायतका सुविधाहरु पनि रहेको सञ्चालक भट्टराईले बताए ।
होटलमा स्विमिङ पुल, ब्यांक्वेट हल, स्पा, रेस्टुरेन्टलगायत सुविधा उपलब्ध छन्। होटलबाटै फेवातालको दृश्यावलोकन गर्न सकिन्छ । होटल परिसरमै २ सय बढी अटाउने रेष्टुरेण्ट छ भने त्यहाँ हरेक दिन एकोष्टिक लाइभ हुने गरको छ ।
जसको मज्जा पर्यटकले लिन पाउने उनले बताए । रेष्टुरेण्टमा कन्टिनेन्टल, नेपाली, भारतीय खानालगायतका परिकारको स्वाद लिन सकिने भट्टराईले बताए । होटलमा आएका पाहुनालाई सहज होस् भनेर खुल्ला क्षेत्रफल भएको पार्किङपनि रहेको उनको भनाई छ ।





