कास्कीको फेदीबाट पाँच जना जुवाडे पक्राउ

-


     क्लिक गण्डकी     
     असार ३१ गते २०८२ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ३१ असार/ कास्की जिल्लाको फेदीमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले पोखरा–बागलुङ राजमार्ग अन्तरगत पर्ने कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नं.०७ फेदीमा जुवातास खेलिरहेकालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा माछापुच्छ्रे गाउपालिका वडा नं. ७ फेदी बस्ने बर्ष ४१ को बिनोद गुरुङ, सही ठाउँको ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, माछापुच्छ्रे ८ ल्वाङघलेलका ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा महानगरपालिका वडा नं. २५ सुईखेत बस्ने बर्ष ४० को गंगा बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट नगद ७३ हजार ४ सय १० रुपियाँ र चार बुक तास बरामद भएको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।



Tags: