पोखरा महानगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा १५ लाई

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०८२ मा प्रकाशित


पोखरा महानगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा १५ लाई

पोखरा महानगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा १५ लाई

पोखरा, १८ जेठ/ हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा वडा नं १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं १५ ले उपाधि चुमेको हो ।

विजेतासँगै वडा नं १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं १ ले नगद ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगितामा वडा नं ५ अनुशासन टिम घोषण भई नगद १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्दा वडा नं १ का चन्द्रबहादुर गुरुङ उत्कृष्ट खेलाडी घोषित भई नगद ५ हजार र ट्रफी प्राप्त गरे ।

यसै गरी सर्वाधिक गोलकर्ता वडा नं २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षक वडा नं १५ का बलराम खत्री, उत्कृष्ट डिफेन्डर वडा नं १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा नं १५ का धर्मराज पराजुली, र उत्कृष्ट फरवार्ड वडा नं १ का वासु जिसी, उत्कृष्ट प्रशिक्षक वडा नं १५ का नितेष गुरुङ घोषित भए ।

उनीहरूलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।

प्रतियोगितामा पोखरमा महानगर पालिकाका प्रवक्ता तथा वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिना, वडा नं १ का वडा अध्यक्ष सहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्र बहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी वलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा पोखरमा महानगर पालिकाका प्रवक्ता तथा वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले हेजमा समग्र खेल क्षेत्रको विकास गर्न वडा सधैँ लागि पर्ने बताए ।

पोखरा–१५ का वडा अध्यक्ष तोरण बानियाले खेल क्षेत्रको माध्यमबाट पोखरा महानगर पालिकाका वडाहरूलाई जोड्ने काम हेमजा युनाइटेले गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव माधव अधिकारी र मनोज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा महानगर पालिका तथा वडा नं २५ को संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहका सहभागिता रहेको थियो ।



Tags: