दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ १२ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

तनहुँ, ११ जेठ/ तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप तीन जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे जिप पुलबाट खसेर दुर्घटनामा परेको हो ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।
मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: