
बराल पेट्रोल पम्पमा इभी फाष्ट चार्जर सञ्चालनमा
पोखरा, २८ बैशाख/ पोखरा ७ मा रहेको बराल पेट्रोल पम्पमा इभी फाष्ट चार्जर स्टेसन सञ्चालनमा आएको छ । बराल पेट्रोल पम्पले आफ्नै परिसरमा अत्याधुनिक मेसिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सञ्चालक मुक्ति बरालले जानकारी दिए । करिब ३५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको स्टेसनमा एकैसाथ ५ वटा सवारीलाई चार्ज गर्न सकिने छ ।
स्टशेनबाट चार्जमा लगाएका सवारी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सञ्चालक बरालले बताए । नीजि सवारी र सार्वजनी यातायातका सवारी साधन चार्ज मिल्ने गरी दुई वटा मेसिन जडान गरेको उनले बताए ।
विद्युतीय सवारी साधनको बिक्री वृद्धि भएसँगै इभी चार्जिङ स्टेसन कम भएका कारण आफुहरुले पम्प सगँ चार्जिङ स्टेसन सञ्चालमा ल्याएको अर्का सञ्चालक सुजन बरालले जानकारी थिए ।
पेट्रोल पम्प परिषद्मा क्याफे, किन मेलका लागि सेल्वेजको सपिङ स्टोर्स रहेकाले पनि चार्ज गर्न आउनेहरुलाई अन्य सुविधा समेत रहेको बताए ।