मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०८१ मा प्रकाशित


फुटबल

फुटबल

पोखरा, ८ चैत/ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले सिंगापुरलाई हराउदै ऐतिहासिक जित निकालेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको हो ।

नेपालको जितमा जिलेप्सीजंग कार्कीले निर्णायक गोल गरे । कार्कीले खेलको १२औं मिनेटमा मनिष डाँगीको क्रसमा पेनाल्टी बक्सबाट गोल गरेका हुन् ।

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक सिंगापुरलाई पराजित गरेको हो । अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा मलेसियासंग खेल्नेछ ।



Tags: