पुर्वाधार बनाए पोखरा क्रिकेट मैदानमा विश्वकम प्रतियोगिता हुन्छ– आइसिसि टोली

-


     क्लिक गण्डकी     
     मंसिर १२ गते २०८१ मा प्रकाशित


पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा

पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा

पोखरा, १२ मंसिर/ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला यु १९ विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण पछि बुधबार पत्रकार सम्मेलन गरेर मैदानका बारेमा जानकारी दिएको छ । टोलीमा रहेका दुई जनाले क्रिकेट मैदानको पिच राम्रो भएपनि अन्य पुर्वाधारहरु पनि निमार्ण गर्नु पर्ने आइसिसीका सिनियर म्यानेजर रोहित पोदारले बताए ।

आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा प्रतियोगिता गराउन तयार रहे पनि विश्वकपका लागि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिवद्धता खोजेको उनीहरुले बताए । स्थानीय सरकार र प्रदेश सरकारले आवश्यक न्युनतम पुर्वाधार बनाउने बताएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको छ ।

पोखराका क्रिकेट मैदानमा १३ औ सागका बेला पनि महिला क्रिकेटका खेलहरु भएका थिए । आइसिसिका प्रतिनिधिहरुले १३ औ साग पछि पनि किन क्रिकेट मैदानका काम हुन नसकेको हो भनेर प्रश्न गरेका थिए ।



Tags: