जुवा खालबाट करिब ९ लाख सहित १२ जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक १९ गते २०८१ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १९ कात्तिक/ मुस्ताङमा करिब ९ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८ सय नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरू मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन, ऐ.ऐ. बस्ने वर्ष ५६ का राजु लालचन, ऐ.ऐ. बस्ने वर्ष ५० का जेम्स हिराचन, ऐ.ऐ. बस्ने वर्ष ५३ का गुन्ज हिराचन, ऐ.ऐ. बस्ने वर्ष ६० का दल बहादुर हिराचन, ऐ.ऐ. बस्ने वर्ष ५० का विश्वलालचन, पोखरा महानगरपालिका वडा नं. ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ

गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ५९ का आईत ज्वारचन, मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन, ऐ.ऐ. बस्ने वर्ष ५० का कविन ज्वारचन, ऐ.ऐ. बस्ने वर्ष ६५ का याम प्रसाद मगर, ऐ.ऐ. बस्ने वर्ष ४० का सन्तोष लालचन, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ६० का कमल हिराचन रहेका छन् ।



Tags: