हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०८१ मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, १ साउन/ पोखरा २३ घाँटिछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

धादिङ त्रिपुरा सुन्दरी गाँउ पालिका ७ घर भई हाल जिल्ला कास्की पोखरा ८ नागढुङ्गामा बस्दै आएका २८ का सन्तोष सिङखडाको मृत्यु भएको हो ।

घाँटिछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली पुगेको थियो ।

टोलीले मृत अवस्थामा फेला पारी शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ बिरेठाटी स्थित मोदी खोलाले बगाएको छ । सोलुखुम्बु घर भई घान्द्रुकमा ज्यामी काम गरी बस्ने वर्ष ६० का शरण राईलाई खोलाले बगाएको थियो ।

उनलाई सकुसल उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।



Tags: